एमालेले लियो मंसिर ७ को प्रदर्शनको स्वामित्व

काठमाडौँ - मंसिर ७ गते युवा संघले काठमाडौंमा गर्ने भनिएको वृहत जनप्रदर्शनको स्वामित्व पार्टी नेतृत्व नेकपा एमालेले स्वामित्व लिएको छ । आज केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेता सहभागी भेलाले मंसिर ७ को प्रदर्शनको स्वामित्व पार्टीले लिएको हो ।

जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा गरेको छ ।

भेलामा संयन्त्रका इञ्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको जानकारी दिए । उनले कतिपयले व्यक्तिको लडाइसँग जोडेको भन्दै आपत्ति समेत जनाए ।