टी-२० त्रिकोणात्मक सिरिजमा आज नेपाल र यूएईको खेल

काठमाण्डौँ - नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक टी२० क्रिकेट सिरिज आजबाट सुरू हुँदैछ । शृंखलाको पहिलो खेलमा नेपाल र युएई भिड्दैछन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ। टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल भने कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यक्रम छ ।