लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

 काठमाडौँ - नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्रारम्भिक चरणको दोस्रो लेगमा मंगलबार नेपालले लाओसलाई हराउँदै दोस्रो चरणमा पुगेको हो । लाओसको घरेलु मैदानमा भएका खेलमा नेपालले लाओसलाई १–० समग्रमा २–१ ले हराउँदै दोस्रो चरण प्रवेश गरेको हो ।

नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । अन्जन विष्टको पासलाई सदुपयोग गर्दै मनिषले खेलको ५३ औं मिनेटमा नेपालका लागि गोल गरेका थिए ।
काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । समिकरण अनुसार नेपालले दोस्रो लेगमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

नेपालका लागि डिफेन्डर अमृत श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गरे ।