काठमाडौँ - आजदेखि सुरु भएको त्रिकोणात्मक टि–२० सिरिजको पहिलो खेलमा नेपालले युएइलाई ७ विकेटले पराजित गरेको छ ।
युएइले दिएको १४१ रनको लक्ष्य पच्याएको नेपालले ७ बल बाँकी छँदै ३ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनले ४० बलमा ५ चौकाको मद्दतमा नटआउट ५१ रन बनाए ।
दिपेन्द्र सिंह ऐरी ३४ रनमा नटआउट रहे । उनले ३ चौका र १ छक्का हाने । आसिफ शेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाए ।
युएइका लागि निलांश केशवानी र अली नासेरले १–१ विकेट लिए । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको हो ।
युएइका लागि बसिल हमीदले अर्धशतक बनाए । उनले ३८ बलमा १ चौका र ४ छक्काको मद्दतमा ५१ रन बनाए । यसबाहेक अली नासेरले ३२, कप्तान मुहम्मद वसीमले १७ र आसिफ खानले १५ रन बनाए । नेपालका लागि करण केसीले ३, गुलशन झाले २, सोमपाल कामी र अविनाश बोहराले १–१ विकेट लिए