भोलिदेखि सर्वसाधारणले धरहरा निस्शुल्क चढ्न पाउने

काठमाडौँ । संविधान दिवसको अवसर पारेर भोलि असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सर्वसाधारणका लागि खुला हुने भएको छ ।

गएको भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तत्काल अस्थायी रुपमा सर्वसाधारणका लागि खुला हुन लागेको हो ।

वि.सं.१८८२ मा भीमसेन थापा प्रधानमन्त्री भएको बेला निर्माण गरिएको धरहरा १९९० को भूकम्पले माथिका दुई तला भत्किएपछि ९ तला रहेको थियो ।

पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भएपछि विसं २०७५ मा सरकारले रमन कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएर पुनर्निर्माण गराएको हो ।

यसअघि ९ तले रहेको धरहरा २२ तले बनाइएको छ भने लिफ्ट पनि थपिएको छ ।