संसद अबरोध खुलाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौँ - झन्डै एक महिनादेखि अबरुद्ध संसद खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् ।
सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले छलफल गर्दैछन् ।

आज बिहान ९ बजे वालुवाटारस्थित प्रधानमन्त्रीसँग सरकारी निवासमा सभामुख र प्रधानमन्त्री प्रचण्डका बीचमा छलफल भइरहेको छ । सदन अवरोध भए पछि सभामुख घिमिरेसँग प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति नबनाएसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरुद्ध गर्दै आएको छ ।