धनराज गुरुङले उपचारका लागि राज्यकोषबाट उपचार खर्च नलिने

काठमाडौँ - कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उपचारका लागि राज्यकोषबाट उपचार खर्च नलिने घोषणा गरेका छन् । शुक्रबार कांग्रेसनिकट निजामती कर्मचारीको भेलामा बोल्दै मन्त्री गुरूङले गरिब जनताले निशुल्क उपचार नपाएसम्म आफूले उपचारका नाममा राज्यकोषबाट रकम नलिने घोषणा गरेका हुन् ।

मन्त्री गुरुङले उपचारका लागि आफू अस्पताल भर्ना हुँदा त्यहाँका कर्मचारीले उपचारमा ठूलो रकम खर्च भएको र त्यो रकम राज्यकोषबाट लिन सुझाव दिएको बताए ।