'चीन भ्रमणमा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुन्छ' : प्रधानमन्त्री दाहाल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका हुन् । 

उनले छिमेकी मित्रराष्ट्र चीनसँग चिलिमे केरुङ २२० केभी प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेको जानकारी दिए ।