सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति छ आज बजार भाउ ?

काठमाडौँ । साताको पहिलो  दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यलेले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो।

आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १८ सय १० रुपैयाँ कायम भएको छ।