बैबाहिक जीवनको माया प्रेमको कथामा देवी सिवाकोटीको ‘अजम्बरी’ सार्वजनिक(भिडियो)

काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले आफ्नो २५ औ बैबाहिक वर्षगाँठको अवसर पारेर उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटी लाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन्।‘

अजम्बरी’नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र प्रसाईंकी धर्मपत्नी देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ । नवराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीको निर्देशन गरेका हुन् ।

केहि दिनअघि नेपाल आएको बेला उनले आफनी श्रीमती देवीलाइ उपहार स्वरुप दिन अहिलेका चर्चित मोडेलहरु आकाश श्रेष्ठ र गरिमा शर्मा राखेर भब्य रुपमा भिडियोको छायांकन गरेका थिए। गीतको भिडियोमा एउटा विवाहित जोडीले २५ बर्षे बैबाहिक जीवन सम्म आइपुग्न माया प्रेमको लागि गरिएको त्यागलाइ देखाइएको छ।

बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको‘अजम्बरी’गीतको भिडियो लाइ गायक तुलसी सिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।