सामसङको ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर खुल्यो, मूल्य साढे २ लाखसम्म पर्ने

सामसङले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप६को प्रि–अर्डर खुला गरेको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा स्मार्टफोनहरु ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु भएको घोषणा गरिएको हो।  कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सिरिजको सार्वजनिक गरेका थिए।

सो कार्यक्रममा सामसङ नेपालका निर्देशक स्थापितले फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको बताएका थिए।‘फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउँछ,’ उनले भने।नयाँ ग्यालेक्सी जेड सिरिजलाई डुअल रियल हिङ्ग संरचनाले बलियो फोल्डिङ एजबाट थप बलियो बनाएको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ मा स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म छ । अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपीयु, जीपीयु र एनपीयु कार्यसम्पादनको संयोजन यो मोबाइलमा रहेको कम्पनीको दाबी छ। दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ।यी मोडलमा नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज लगायतका फिचर समावेश छन्।

गुगलसँगको साझेदारीमा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रूपमा एकीकृत गरिएको सो कम्पनीले जनाएको छ । यसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–संचालित सहायक उपलब्ध गराउनेछ। जसमा ग्यालेक्सी जेड फ्लिप ६(१२+२५६ जीबी) सिल्भर श्याडो, ब्लु रंगको १ लाख ५४ हजार ९ सय ९९ रुपैयाँ , ग्यालेक्सी जेडफोल्ड ६ (१२+२५६ जीबी) सिल्भर श्याडो,न्यभी रंगका २ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ, ग्यालेक्सी जेडफोल्ड ६ (१२+५१२जीबी) सिल्भर श्याडो,न्यभी कलरको २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ मुल्य रहेको सो कम्पनीले जनाएको छ ।

यसैगरी, गिफ्ट/ मोडल जेड फ्लिप ६ – २५६ जीबीजेड फोल्ड ६ – २५६ जीबीजेड फोल्ड ६ – ५१२ जीबी कभर सिलिकन केसको ५ हजार ४ सय ९९ रुपैयाँ,एस पेन केसको १२ हजार २ सय ९९ रुपैयाँ र एस पेन केसको १२ हजार २ सय ९९ रुपैयाँ मुल्य रहेको छ ।