सर्लाहीमा श्रीमानको हत्या अभियोगमा श्रीमती र छोरी पक्राउ

काठमाडौँ । सर्लाहीमा श्रीमानको हत्या अभियोगमा श्रीमती र छोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका-१३ आलेटोल निवासी ५९ वर्षीया जंगलबहादुर बलको हत्या अभियोगमा प्रहरीले मृतकको श्रीमती ६६ वर्षिय रीता बल र २५ वर्षिय छोरी शितल लामालाई पक्राउ गरेको हो ।

घरायसी विवादमा उनीहरूले कुटपिट गर्दा जंगलबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गौरीशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुवैलाई घरबाटै पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।