आजको विदेशी मुद्राको विनिमयदर कस्तो छ ? 

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले  आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ २९ पैसा र बिक्री दर १४४ रूपैयाँ ७८ पैसा रहेको छ ।  हिजो डलरको खरिद दर १३१ रूपैयाँ २९ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७९ पैसा रहेको थियो। डलरको खरिद दर १ रूपैयाँ ४९ पैसा र बिक्रीदरमा ३९ पैसाले डलरको भाउ बढेको छ ।

उता युरो एकको खरिद दर १४२ रूपैयाँ २ पैसा र बिक्री दर १४२ रूपैयाँ ६७ पैसा रहेको थियो । युरो खरिद दर ६० पैसा र बिक्रीदरमा ४० पैसाले युरेको भाउ घटेको छ। यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा रहेको छ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७  रूपैयाँ २९ पैसा र बिक्री दर १६८  रूपैयाँ ०६ पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २६ पैसा र बिक्रीदर  १० रूपैयाँ ३१ पैसा रहेको छ ।