बजार भाउ नहुँदा कालिमाटी सडकमै फालियो गोलभेँडा !

काठमाडौँ - कालिमाटीमा किसानहरूले गोलभेँडा सडकमै फ्याँकेका छन् ।

गोलभेँडाले बजार मूल्य नपाएको भन्दै विरोध स्वरूप किसानले सडकमै गोलभेँडा फ्याँकेका हुन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार भारतीय टमाटर (ठूलो) को भाउ प्रतिकेजी न्यूनतम ४० र अधिकतम ५० रुपैयाँ तोक्दा नेपाली टमाटर सानोको भाउ भने न्यनूतम ६ र अधिकतम १० रुपैयाँ तोकेको छ ।