अमिताभ र अनुष्काविरूद्व प्रहरीमा किन पर्यो उजुरी ?

काठमाडौँ - बलिउड मेघास्टार अमिताभ बच्चन र अभिनेत्री अनुष्का शर्माविरूद्व प्रहरीमा उजुरी परेको छ ।

अमिताभ र अनुष्काले ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा उजुरी परेको हो । सोमबार ट्राफिक जामबाट बच्न आफ्नो कार छाडेर दुई कलाकाहरुले बाइकमा लिफ्ट मागेका थिए ।

उक्त तस्बिर र भिडिओमा अमिताभ र अनुष्काले हेलमेट लगाएका छैनन् । न त उनीहरूको चालकले नै हेलमेट लगाएका छन्।

सोमबार सुटिङमा जान ढिला भएको भन्दै जाम छल्नका लागि अमिताभले अपरिचित व्यक्तिसँग बाइकमा लिफ्ट मागेर सुटिङस्थल पुगेका थिए । तर हेलमेट नलगाएपछि उनी विवादमा तानिएका हुन् ।  यसैबीच मुम्बई प्रहरीले अमिताभ र अनुष्कालाई कारबाही गर्ने बताएको छ ।