संसद अवरोधप्रति सभामुखको चिन्ता, अध्यादेशको बाटो खोज्न सकिने

 काठमाडौँ - सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको अभिमतहरु राखेर निर्णय गर्ने ठाँउ बन्दक बनिरहेको बताएका छन् । 

शनिबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको चौथो साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको विषय उठाउने संसद आज बन्दक बनिरहेको प्रतिक्रिया दिएका हुन् । 
उनले भने, ‘यो व्यक्तिगत टिप्पणीको कुरा होइन । अहिले संसदमा जे गतिविधिहरु भइरहेका छन् त्यो राम्रो संकेत होइन । संसदमा के भइरहेको छ र के हुनुपर्छ यो सबैको चासोको विषय हो । किनभने संसदमा हुनुपर्ने बहस र छलफलहरु अगाडि बढ्न सकिरहेको छैन् । संसद बन्दक बनिरहेको छ । जनताका प्रतिनिधिहरुले जनताको अभिमतहरु राखेर निर्णय गर्ने ठाँउ आज अवरोध छ ।’

उनले संसद सधै अवरुद्ध रहने हो भने संसदलाई अन्त्य गरेर अत्यादेशको माध्यमबाट कतिपय बाटोहरु खोल्नुपर्ने अवस्था आउन सक्ने बताए ।