सन्दीप लामिछानेले आगामि टी–२० विश्वकप क्रिकेट खेल्न पाउने 

काठमाडौँ - नेपाली क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका चर्चित क्रिकेटर सन्दीप लामिछानेले आगामि टी–२० विश्वकप क्रिकेट खेल्न पाउने भएका छन् । 

सन्दीपलाई नेपाल क्रिकेट संघ क्यानले विश्वकप खेल्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीलाई गरेको अनुरोध आईसीसीले स्विकारेको छ ।
आईसीसीले सन्दीप लाई विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अनुमति दिएको हो ।

नेपालले यसअगाडि विश्वकप क्रिकेट खेल्नका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली पठाइसकेको छ । बलात्कार मुद्दामा सन्दीपले सफाई पाएसँगै उनलाई विश्वकप खेल्ने बाटो खुलेको हो ।