सिंहदरबारमा प्रचण्ड, ओली र लामिछानेबीच भेटवार्ता,  के भयो कुराकानी ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । 

उनीहरूबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको हो । मन्त्रिपरिषद् बैठक लगत्तै भएको भेटमा सामान्य कुराकानी भएको गृहमन्त्री लामिछानेले बताए । “सामान्य छलफलका लागि बैठक बसेको हो । निरन्तर छलफल भइरहन्छ । एजेन्डा विशेषमा छलफल होइन,” उनले भने ।

उनले समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताए । ओली झापाबाट काठमाडौँ आए लगत्तै सिंहदरबार पुगेका थिए ।