काठमाडौँ । आफ्नै छोरी १७ वर्षीया अञ्जली घर्ती क्षेत्रीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कंचन गाउँपालिका ५ बर्गदवा बस्ने ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्री रहेका छन् ।
नारायणले बुटवल उपमहानगरपालिका ४ लुम्बिनी स्थित मालिका होटल एण्ड लजमा अञ्जलीलाई फलामको रडले टाउकोमा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।