बक्सिङ खेलाडी नीता आफ्नै घरमा मृत फेला

काठमाडौँ ।  बक्सिङ खेलाडी नीता गोसाईं भक्तपुरस्थित आफ्नै घरमा मृत फेला परेकी छन् ।  सशस्त्र प्रहरी बलको जवान रहेकी बक्सिङ खेलाडी नीताले आफ्नै घरको तेस्रो तलाको छतमा रहेको डण्डीमा पासो लगाएको अवस्थामा भेटिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

मंगलबार साँझ ८ बजेतिर उनी मृत भेटिएपछि परिवारले प्रहरीमा खबर गरेको थियो। परिवारको आत्महत्या दुरुत्साहन उजुरीका आधारमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। गोसाईँ सशस्त्रका क्लबबाट खेल्थिन्। उनले आगामी फागुन  २ गते बिहे गर्ने तयारी भइरहेको बुझिएको छ।