संसद्को बर्खे अधिवेशनमा हुँदै आएको प्री-बजेट छ्लफल अब हिउँदे अधिवेशनमा हुने 

काठमाडौँ - संसद्को बर्खे अधिवेशनमा हुँदै आएको प्री बजेट छ्लफल अब हिउँदे अधिवेशनमा हुने भएको छ । गत वर्ष सरकारले जनाएको प्रतिबद्धताअनुसार हिउँदे अधिवेशनमा प्रीबजेट छ्लफल गर्न अध्यादेशमार्फत ऐन संशोधन हुने भएको हो ।

बुधबारको मन्त्रीपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० राष्ट्रपति समक्ष पेश गर्दै यस्तो व्यवस्था गरेको हो । संसदमा बजेट पेश हुनुभन्दा १५ दिन अघि प्रीबजेट छ्लफल सक्नु पर्ने ऐन र नियमावलीको व्यवस्था छ ।

बजेटका सिद्धान्त तथा प्राथमिकताउपरको छलफल अबदेखि संसद्को हिउँदे अधिवेशनमा हुने भएको छ । यसअघि बजेट अधिवेशनमा हुने बजेट पूर्वको छलफललाई सरकारले कानुन नै संशोधन गरेर हिउँदे अधिवेशनमा गर्ने व्यवस्था गरेको हो ।