सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

तनहुँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । ब्रिफिङ सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले देशको सुरक्षा अवस्था सामान्य रहेको निष्कर्षमा पुगेका छन् ।

शुक्रबार बिहान तनहुँको आँबुखैरेनीमा आयोजित कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री प्रचण्डले भने,  ‘बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ । देशको सुरक्षा अवस्था सामान्य छ ।’

जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस भइरहेको दोहो¥याउँदै त्यसलाई एकतावद्ध भएर परास्त गरिने समेत बताए । ‘नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन् । 

आफूले सरकारको नेतृत्व गर्ने बेला देशको अर्थतन्त्र चुनौतिपूर्ण रहे पनि अहिले राम्रो सुधार आएको उनले बताए । यद्यपि दबाबमुक्त भने भनइसकेको जानकारी गराउँदै उनले अर्थतन्त्र सुधारका उपाय खोज्न आगामी चार गते वृहत बैठक बोलाएको जानकारी गराए ।