५० औं लाख गैरआवासीय नेपालीलाई नागरिकता दिने ब्यबस्था मिलाएका छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पचासौं लाख गैरआवासीय नेपालीहरूले नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको बताएका छन् । सरकारी निवास बालुवाटारमा आज गैरआवासीय नेपालीलाई नागरिकता वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकता दिलाउनु निकै ठूलो उपलब्धी भएको बताएका हुन् ।