'एमालेले सरकार बाहिर बस्नै नसक्ने मानसिकता राख्यो' : अर्थमन्त्री महत

काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गरेका छन् । 

बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस प्रवक्ता समेत रहेका अर्थमन्त्री महतले यस्तो टिप्पणी गरेका हुन् । उनले समय–समयमा अनावश्यक बहानामा संसद अवरुद्ध गर्दै सरकार बाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको बताए ।