वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्। आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुत्त गरेका हुन् ।

बडाललाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त गरिएको राष्ट्रपति पौडेलको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। बडाल काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी हुन्।