बाँकेमा ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । ‘डिएसपी हुँ’ भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला दैलेख नारायण नगरपालिका ५ बस्ने वर्ष ३० का नैनसिंह बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विगत तीन महिनादेखि बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा आफू सिआईबी र राष्ट्रिय अनुसन्धानको ‘डिएसपी नविन शाही हुँ’ भनी ठगी गर्ने गरेको सूचनाको आधारमा बिकलाई पक्राउ गरेको हो ।

बिकले जिल्लाका विभिन्न सरकारी कार्यालयमा पुगेर अनुगमनको सिलसिलामा आएको हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि कोहलपुर ११ एनटीभि रोडबाट उनलाई पक्राउ गरिएको हो ।

उनले कुन कुन ठाउँमा के कति ठगी गरेको छन् भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुम एसपी कार्कीले  जानकारी दिए ।