चन्द्रागिरि केबलकारमा अड्किएका यात्रुको डेढ घण्टापछि उद्धार

काठमाडौँ । विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा केबलकारमा अड्किएका २५० यात्रुको उद्धार गरिएको छ ।

करिब डेढ घण्टा अड्किएका यात्रुलाई केही समयअघिमात्रै उद्धार गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले  जानकारी दिए ।

प्रहरी वृत्त थानकोटका डीएसपी सुवेदीको अनुसार  १ बजे देखि अबरुद्ध भएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो ।

विद्युत अवरुद्ध भएपछि केबलकारमा रोकिएका यात्रुलाई भर्‍याङ हालेर जमिनमा ओरालिएको थियो । ८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको डीएसपी सुवेदीले बताए ।