रसुवाको मानचेत आसपासमा भूकम्पको धक्का

काठमाडौँ । रसुवाको मानचेत आसपास केन्द्रविन्दु भएर भूकम्प गएको महसुस गरिएको छ ।

बुधबार दिउँसो ३ बजेर २४ मिनेट जाँदा  ३.९ म्याग्निच्युड को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

केन्द्रका अनुसार, यो विनाशकारी गोरखा भूकम्पको परकम्प बताइएको छ । यसअघि, बुधबारै बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।