टी-२० विश्वकप : नेपाललाई बंगलादेशको १ सय ७ रनको लक्ष्य

काठमाण्डौँ - टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले जितका लागि १ सय ७ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले बलिङ गरेको नेपालले बंगलादेशका कुनैपनि ब्याटरलाई खुलेर खेल्न दिएन ।

नेपाली बलरसामु निरीह देखिएको बंगलादेशको ब्याटिङ इनिङ ४ बल अगाडिनै अलआउट हुँदै १ सय ६ रनमा समेटियो। बंगलादेशका लागि सकिब अल हसनले १७ रन बनाउनु सर्वाधिक रह्यो । उनी बाहेक महमदुल्लाह र ऋसद होसेइनले समान १३(१३ रन बनाए। थप दोहोरो स्कोरका रुपमा लिटन दासले १० र तस्किन अहमेदको १२ रन रह्यो ।

बंगलादेशलाई सस्तैमा पेभिलियन फर्काउने क्रममा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २(२ विकेट लिएका थिए । सन्दीपले बंगलादेश विरुद्ध २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रियमा १ सय विकेट पुरा गरेका छन् । अब नेपाल केही समय पछि जवाफि इनिङ सुरु गर्ने छ ।

दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई हराउने मौका रहेको छ । यद्यपि बंगलादेशका लागि भने यो खेल जित्दै अघिल्लोचरण पुग्ने अवसरका रुपमा रहने छ ।