कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिँदै 

 विराटनगर - मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेश सरकार विस्तार गर्ने भएका छन् । एमाले र माओवादीबिच मन्त्रालयको भागबण्डा सहमति नजिक पुगेको कारण आजै मन्त्रीमण्डल विस्तार हुने माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए । 

संविधानको धारा १६८ ५ अनुसार गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले एमालेका रामबहादुर मगर र माओवादीका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् । आज एमालेबाट लिलाबल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राई मन्त्री तथा सिर्जना राई र निरन राई राज्यमन्त्री नियुक्त गर्ने सम्भावना छ । यस्तै माओवादीबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जामगर मन्त्री तथा सपना दर्जी र वन्दना झाँगडमध्ये एक जनालाई राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी भएको बुझिएको छ ।