नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै, के छन् मुख्य एजेण्डाहरु ? 

काठमाडौँ - प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर त्यो मागलाई सत्ता साझेदार दलहरुले मानेका छैनन् । सत्ता पक्ष र प्रतिपक्षको अडान यथावत भएपछि संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।

#नेपाली कांग्रेस