सुनको मूल्य घट्यो, प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार !

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले घटेको हो ।  छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १५१५ रुपैयाँमा कारोबार भएको थियो ।