प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीता : बागमतीले आर्मीलाई हरायो

काठमाडौँ - स्पीनर सूर्य तामाङले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको हो ।