खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्छ : मन्त्री खड्का


काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मखेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बताए । बुधबार ललतिपुरमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् । 
उनले  नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको बताए । 
  संघ, प्रदेश र स्थानीय तहले आफ्ना श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिवद्धता जनाए ।