मिर्मिरे लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ? 

काठमाण्डौँ - मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ ।

जसअनुसार कम्पनीले चालू आवको उक्त अवधिसम्ममा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४१.४८ प्रतिशतले कमी हो । गत आवको सोहि अवधिसम्ममा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५.८४ प्रतिशतले घटेको छ । कम्पनीले उक्त अवधिमा १७ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले २४ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसैगरी उक्त अवधिमा कम्पनीको खूद फी तथा कमिशन आम्दानी पनि ११.५१ प्रतिशतले घटेको  छ । त्यस्तै कुल सञ्चालन मुनाफा पनि २१.९५ प्रतिशतले घटेको छ ।

सञ्चालन मुनाफा ४१ दशमलव ४८ प्रतिशतले घटेको छ।६६ करोड ५७ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्ममा कम्पनीको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ छ ।