पहिचान पक्षधरको कोशी प्रदेश बन्द अभियान, ५ बन्दकर्ता पक्राउ

धरान - पहिचान पक्षधरहरुले शनिबार कोशी प्रदेश बन्द गरेका छन्। कोशी प्रदेश खारेजीको माग राखेर उनीहरुले १४ जिल्लाको यातायात र मुख्य बजार बन्द गराएका छन् ।

एकाबिहानै हातमा लाठी लिएर बजार बन्द गराउन पहिचान पक्षधरका सयौं कार्यकर्ता परिचालन भएका छन् । उनीहरुले कोशी प्रदेशभर यातायातका साधन सञ्चालनमा रोक लगाएका छन् । आन्दोलनकारीले कोशी प्रदेशका मुख्य बजारहरु धरान, इटहरी, दमक, बिर्तामोड, धनकुटा, इलाम, फिदिम, म्याङ्लुङ र फुन्लिङ बजार बन्द गराएका छन् ।