संयुक्त राष्ट्र संघको महासभामा भाग लिने विषयमा प्रधानमन्त्री ओलीले गराए सदनलाई जानकारी  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।

महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्र संघमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिएका छन् ।