एनआईसी एशिया बैंकद्वारा ३० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं - एनआईसी एशिया बैंकको हिजो शुक्रबार सम्पन्न सञ्चालक समितिको ६२९औं बैठकले लाभांश प्रस्ताव गरेको छ ।

बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

बैठकले प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् मात्रै बैंकका शेयरधनीले पाउने छन् ।