अमेरिकी डलर बढ्दा युरो र पाउन्ड घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ? 

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको सटही दर बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.४० रुपियाँ र बिक्री दर १३४ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३३.३८ रुपियाँ र बिक्री १३३.९८ रुपियाँ थियो । 

त्यसैगरी, अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४३.९४ रुपियाँ र बिक्री मूल्य १४४.५९ रुपियाँ रहेकामा आज खरिद १४२.७६ रुपियाँ र बिक्री १४३.४० रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, सातै पहिलो कारोबार दिन आइबारका लागि पाउन्ड १ को खरिद दर १६९.५१ रुपियाँ र  बिक्री दर १७०.२७ रुपियाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिनमा भने खरिद १७०.३७ रुपियाँ र बिक्री १७१.१४ रुपियाँ थियो ।