काठमाडौँ महानगरले भोलिको खेल चाबहिल र हाँडीगाउँमा लाइभ गर्ने  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेल पनि लाइभ गर्ने भएको छ ।

सोमबार बिहान ५स्१५ बजे हुने तय भएको खेलको लाइभ चाबहिलको गणेशस्थान फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरनबाट गरिने महानगरले जनाएको छ ।

महानगरले यसअघि भएका नेपालका दुईवटै खेलको लाइभ गरेको थियो । वर्षाका कारण श्रीलंकासँको खेल भने हुन सकेको थिए ।

नेपाल सोमबार समूह चरणको अन्तिम खेल खेल्न लागेको हो । तीन खेलबाट एक अंक जोडेको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।

 महानगरले ठूला एलइडी स्क्रिनमा खेलको लाइभ गर्दै आएको छ ।