सेयर बजारमा १७ अंकको गिरावट, ५ अर्ब  ४७ करोडको कारोबार

 काठमाडौँ - साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स ०.८६ प्रतिशतले बढेर ३७०.९३ विन्दुमा अडिएको छ ।

यसदिन ३१७ स्क्रिप्सको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब  ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँमा खरिदबिक्री भयो।
यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो । मनकामना स्मार्ट वित्तीय संस्थाको सेयर ९.९४ प्रतिशतले बढ्दा शिव श्री हाइड्रोपावरको ८.१७,कुथेली बुखारी स्माल हाइड्रोको ७.३५ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावरको सेयर ६.७१ प्रतिशतले बढ्यो । 

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो । यसको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्टक्चरको १८ करोड,नगदी ग्रुपको १५ करोड,सीएचडीसी र समृद्धि फाइनान्सको सेयर १३ करोड मूल्यमा कारोबार भयो ।