राष्ट्रिय सभामा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ ।

काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै सदन अवरोध गर्दै आएको छ ।

काँग्रेसको अवरोधपछि भोलि दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बैठक स्थगित गरिएको छ ।