मधेश सरकारबाट बाहिरियो लोसपा, विश्वासको मतसमेत नदिने

काठमाण्डौँ - लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।

दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।