पार्टीमा देखिएको गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा देखिएको गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको बताएका छन् ।

समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा मंगलबार धनगढीमा अयोजित कार्यक्रमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताउँदै दलहरूबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए।

पार्टीको एजेण्डा २०८४ का लागि नभइ आज देखिएका यावत समस्याको समाधानका लागि हुनुपर्ने उनको भनाइ छ । पार्टीको भविष्यको नीति योजना बनाउनका लागि संवाद यात्रामा आएका सुझावले टेवा पुर्‍याउने उनले बताए।