अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित  

काठमाडौँ । संघीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । आज बिहान साढे १० बजे बस्ने भनिएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । 

बैठकमा नेपाल सरकार मन्त्रीस्तरबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणको विवरण उद्देश्य एवं उपलब्धि सहित, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीको विवरणमा छलफल हुने कार्यसूची थियो । 

बैठकमा वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरूको विवरण तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षका बारेमा छलफल हुने कार्यसूची रहेको थियो ।