माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु  

काठमाडौँ । माछा मार्ने क्रममा करेन्ट लागेर ललितपुरमा एक जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा सल्यान कपुरकोट गाउँपालिका- ४ घर भएका ४६ वर्षीय चन्द बहादुर एरीको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका एरीको शुक्रबार दिउँसो पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।