सुनचाँदीको भाउमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाण्डौँ - सुनचाँदीको भाउमा सामान्य गिरावट भएको छ । आज सुन प्रति तोला एक सय रुपैयाँले घट्दा चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले केही समय अघि प्रति तोला एक लाख २२ हजार रुपैयाँ पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।