प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : बागमती प्रदेशको बिजयी सुरुवात 

 काठमाडौँ - स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा मधेश प्रदेशविरुद्ध ८६ रनको जित निकाल्दै बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

मधेशको भने यो दोस्रो हार हो । यसअघिे कोशी प्रदेशमाथि भने ७ विकेटको जित हात पारेको मधेश आर्मीसँग १२६ रनले पराजित भएको छ । बागमतीले भने नेपाल पुलिस क्लब र एपीएफसँग हार बेहोरेको छ ।