धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौँ - धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लक्ष्मीनियाँ गाउँपालिका– ४ सपही नजिकै शुक्रबार बिहान अनियन्त्रित भइ दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा विदेह नगरपालिका– १ का ३० वर्षीय जयकुमार सहनी र कमला नगरपालिका– ८ का २५ वर्षीय भरत सहनी रहेको धनुषा प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका– १२ का शत्रुधन सहनी भने गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल लगिएको छ । शुक्रबार बिहान जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।