नेपालले बहराइनलाई ७ विकेटले जित्यो

काठमाडौँ - एसीसी यु–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ । बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११।४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितका लागि अर्जुन कुमाल र कप्तान देव खनालले ३२–३२ रन बनाए । बहराइनका लागि अनस ओवेद सइदले ३ विकेट लिए ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइन निर्धारित ५० ओभरको खेलमा ३७।५ ओभरमा ७७ रन बनाउँदै अलआउट भएको थियो ।

बहराइनलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि दिपेश कँडेलले ६ विकेट दिए । उनले ९ ओभर ५ बल बलिङ गर्दै ६ विकेट लिने क्रममा केवल ४ रन दिए । उनले ८ ओभर मेडन फालेका थिए । यस्तै दुर्गेश गुप्ताले ४ विकेट लिए । बहराइनका लागि मुहम्मद बसिल अब्दुल हकिमले ३४ रन बनाए । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।